Section 9
चेतावनीमूलक सन्देश तथा चित्र उल्लेख गर्नु पर्ने
: (१) उत्पादकले सूर्तिजन्य पदार्थको बट्टा, र्यापर्स,प्याकेट तथा पार्सलको प्याकेजिङ्ग र लेबुलको बाहिरी कुल भागमध्ये कम्तीमा पचहत्तर प्रतिशत भागमा सूर्तिजन्य पदार्थ स्वास्थ्यलाई हानिकारक छ भन्ने जस्ता व्यहोराको मन्त्रालयले तोके बमोजिम चेतावनीमूलक सन्देश र सूर्तिजन्य पदार्थको सेवनको असरबाट भएको घातक, रङ्गिन चित्र प्रष्ट रुपमा बुझ्ने र देख्ने गरी नेपाली भाषामा छाप्नु तथा अङ्कित गर्नु पर्नेछ ।
(२) मन्त्रालयले उपदफा (१) बमोजिमको चेतावनीमूलक सन्देश तथा सङ्केत चिन्ह समय समयमा थप गर्न सक्नेछ ।
(३) आयातकर्ताले उपदफा (१) बमोजिमको मापदण्ड पूरा नभएको सूर्तिजन्य पदार्थ आयात गर्न पाउने छैन ।
(२) मन्त्रालयले उपदफा (१) बमोजिमको चेतावनीमूलक सन्देश तथा सङ्केत चिन्ह समय समयमा थप गर्न सक्नेछ ।
(३) आयातकर्ताले उपदफा (१) बमोजिमको मापदण्ड पूरा नभएको सूर्तिजन्य पदार्थ आयात गर्न पाउने छैन ।